Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’


महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’

काठमाडौँ।नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताएकी छिन् ।

काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताइन् । पार्टीले संविधानमा स्वीकार गरेको समावेशी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको उनको भनाई छ । काँग्रेसले लिएको समावेशी सिद्धान्तलाई पार्टीको संगठनमा समेत प्रत्याभूत गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । सबै समूह र विचारलाई समेट्ने पार्टी निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उनको भनाई छ ।

उनले भनिन् , ‘नेपाली काँग्रेस पार्टीको शुद्धिकरण, सङ्गठन शुद्धिकरण र महिलाहरूको नेतृत्व तहमा पुगेर महिलाहरूको सहभागिता, अर्थपूर्ण सहभागिताको लागि मैले महामन्त्रीमा उम्मेद्वारी दिएको हुँ । महिलाहरूको अधिकारलाई संरक्षण गर्दै हिजो हामीले संविधान सभामा बसेर लेख्यौँ । तर पार्टी भित्र महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा कार्यान्वयन पक्ष फितलो भएको छ । नेपाली काँग्रेसले लिएको सिद्धान्त भनेको समावेशीको सिद्धान्त हो, त्यही नेपाली काँग्रेसको सिद्धान्तलाई नै अहिले हामीले संविधानमा लेख्यौँ तर पार्टीमा हामीले त्यसलाई प्रत्याभूति गराउन सकेनौँ । त्यसकारण मेरो प्रतिबद्धता भनेको तमाम समावेशीहरूको सबैको विचार सबैको विचारलाई समेट्ने एउटा पार्टी बनाउनुपर्छ भन्ने हो ।’

उनले देशभरबाट आएको माग र आवश्यकता सम्बोधन गर्न कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको बताएकी छिन् । यस सन्दर्भमा पार्टीभित्र भने आलोचना भइरहेको उनको भनाई छ । यदपी अन्य राजनीतिक पार्टीको तुलनामा भने अझै पनि काँग्रेसको संख्या कम रहेको उनको दाबी छ । ठूलो संख्याको केन्द्रिय समितिले प्रभावकारी रूपमा काम गरेर पार्टी निर्माणमा परिणाम दिनसके त्यसप्रतिको विरोध अन्त्य हुने उनले बताएकी छिन् ।

उनले भनिन्, ‘अहिलेको आवश्यकता र माग बमोजिम देशभरीबाट केन्द्रिय समितिमा काम गर्छु भन्नेको संख्या बढेको भएर केही संख्या बढाइएको हो । अन्य राजनीतिक पार्टीभन्दा हाम्रो कमै छ, अहिले पनि । अन्य राजनीतिक पार्टीको तुलना गर्ने हो भने हाम्रो सङ्ख्या अहिले पनि कम छ तर यसलाई पक्कै पनि तपाईंले भनेको केही ठुलो भयो भन्ने जनआवाज छ, पार्टी भित्र आवाज उठेको छ । भोलि यति सङ्ख्याले काम गर्दा साँच्चिकै पार्टी बन्दो रहेछ भन्ने प्रत्याभूति गराउन सकियो भने यो विरोधाभास अन्त्य हुन्छ ।’

उपाध्याय १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनभएको थियो । यसअघि सहमहामन्त्री भएर काम गरिसकेकोले अहिले महामन्त्री पदमा आफ्नो दाबी स्वभाविक रहेको उनको भनाई छ ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?