Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी


चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी

काठमाडौँ। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

मंगलवार राष्ट्रिय सभागृहमा उनले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गरेका हुन् । उनले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गरेका छन् । काँग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उनको भनाई छ ।

उनले भने, ‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो । प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो । यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन । तर लेखिराख्नुस्, गगन कुमार थापा धेरै भोट ल्याएर धेरै भोट ल्याएर उहाँ जित्नुहुन्छ ।’

ललितपुर महानगरपालिकाको दुई पटक मेयर हुनुभएका महर्जन अब पार्टी राजनितिमा सक्रिय हुने तयारीमा लागेका हुन् । संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगातार दुई पटक भन्दा बढी हुन बन्देज लगाएको छ ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?