काठमाडौँ।नेपाली काँग्रेसको उपसभापति पद महिलातर्फ पुष्पा भुषालले उम्मेदवारी दर्ता गराएकी छिन् ।
मंगलवार उनले राष्ट्रिय सभा गृहमा पुगेर मनोनयन दर्ता गराएकी हुन् । मनोनयन दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई कमजोर बनाउन नदिन आफुले उपसभापतिमा दोहोरिन खोजेको बताइन् । उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता भएको पनि बताएकी छिन् । उनले पार्टी एकता शीर्ष नेताहरुलाई नभई पार्टी निर्माणमा योगदान गर्ने भूइँतहका कार्यकर्ताको चाहाना भएको पनि बताएकी छिन् ।
उनले भनिन् , ‘अहिले पार्टी एकता नेतालाई चाहिएको होइन, जसले गाउँगाउँमा दुःख गरेर पार्टीको लागि काम गरिरहनुभएको छ । उहाँहरुलाई चाहिएको छ । उहाँहरुलाई सांसद, चाहिएको छैन, मन्त्री चाहिएको छैन । तर नेपालको लोकतान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएर आएको पार्टीलाई कमजोर बनाउनुहुँदैन भन्ने आम कार्यकर्ताको चाहाना छ । त्यसकारण हामीले पार्टीलाई एक गराउनको लागि अहिले पनि हामीले पार्टीका असन्तुष्ट नेताहरुसँग समेत संवाद गरिरहेका छौँ ।’
उनले महाधिवेशन सकिएपछि समेत पार्टीको असन्तुष्ट पक्षसँग संवाद जारी रहने बताएकी छिन् ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार