Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी


काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी

काठमाडौं । उदयशमशेर जबराले नेपाली काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलवार राष्ट्रिय सभा गृह पुगेर राणाले महामन्त्री खुलातर्फको पदमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउँदै राणाले पार्टीलाई सुदृढ बनाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले अबको समयमा पार्टी नेतृत्वले बोल्ने र भाषण गर्ने मात्र नभइई डेलिभरी दिनुपर्ने कुरामा जोड दिएका छन् ।

उनले भने, ‘अब नेतृत्वको जिम्मेवारी बोलेर र भाषण गरेर मात्र पुरा हुँदैन । त्यसकारण मैले पार्टीको जुन जुन तहमा जिम्मेवारी पाएको छुँ, सबै तहको जिम्मेवारी पूरा गरेको छु । म तरुण दलमा हुँदा र अहिले सहमहामन्त्री हुँदा पनि मैले डेलिभरी दिएको छु । अझै पनि महामन्त्रीको भूमिका पाएँ भने डेलिभरी भूमिका निर्वाह गर्छु भन्ने मेरो धारणा छ ।’

१५औँ महाधिवेशनअन्तर्ग काँग्रेसले दुई महामन्त्रीलाई बढाएर तीन पु‍र्याइएको छ । जसमा २ खुला र १ महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?