काठमाडौँ। पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तिकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्वकै महिला आन्दोलनको लागि उदाहरणीय भएको बताएकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले तयार पारेको ५० प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले नेपालको महिला आन्दोलनका उपलब्धि विश्व समुदायमाँझ गर्व गर्न लायक भएको
काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घिमिरेले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरुले जग हसाँएको समेत आरोप लगाए । नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको नभएको उल्लेख गर्दै उनले राम्रा
काठमाडौँ। फागुन २० गतेदेखि शुरु भएको महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । फागुन २० गते मंगलवारबाट चलचित्र विकास बोर्डमा शुरु भएको महिला चलचित्र महोत्सव विभिन्न अन्तरक्रियात्मक कार्यक्रमसहित सम्पन्न भएको हो । चलचित्रमा महिलाहरुले गरेको योगदानको चर्चा र आगामी दिनमा चलचित्र क्षेत्रलाई अझ माथि उकास्न महिलाहरुले गर्नुपर्ने भुमिकाको बारेमा पनि
काठमाडौँ। नयाँ गभर्नर छान्नका लागि सरकारले प्रक्रिया शुरु गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था छ । सोही व्यवस्थालाई आधार मान्दै बुधबवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो । अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिमा पूर्व गभर्नरहरुमध्येबाट एक,
काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गरेका छन् । उनले भने, ‘एनजिओ र आइएनजीओका नाममा आएका रकमहरु कति
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको र गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकार गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खनालले यस्तो प्रश्न गरेका हुन् । सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष राई अझै पक्राउ परेका
जनकपुरधाम। त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा उत्सव मनाएका छन् । मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रङ, अबिर दल्दै बिहीवार होलीको उल्लास साटेका छन् । संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहेको छ । मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ विज्ञ र आन्दोलकारीहरुसँग छलफल गरेर ल्याइएको बताएका छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्
काठमाडौँ। विभिन्न ६ देशका गैरआवासीय राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीवार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका जोइस काकुरामत्सी किकाफुण्डा, बोस्निया तथा अर्जगोभिनाका जारिस हर्ले, गणतन्त्र ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो