Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल


नागरिकतामा डिजिटल फड्को : वडा तहबाटै अनलाइन सिफारिस सफल

काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु भएको सेवाबाट पाँच महिनामा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् ।

जिल्लाका सबै १३५ वडाबाट एकसाथ सुरु गरिएको यो सेवाअन्तर्गत वडाले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरी सिफारिस पठाउँछन् । सोही सिफारिसका आधारमा सेवाग्राही जिल्ला प्रशासन कार्यालय पुगेर छिटो र सहज रूपमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

वडाबाट अपलोड गरिएको फाइल कोडका आधारमा विवरण प्रविष्ट गरिएलगत्तै नागरिकता प्रिन्ट हुने प्रणाली रहेको छ । सनाखत गर्ने व्यक्तिको पूर्ण विवरणसमेत अनलाइनमै सुरक्षित रहने भएकाले अभिलेखमा एकरूपता कायम भएको छ । साथै, जिल्ला प्रशासन कार्यालयले पनि कागजात स्क्यान गरी डिजिटल अभिलेख सुरक्षित राख्ने व्यवस्था गरेको छ ।

अनलाइन सिफारिस प्रणाली लागू भएपछि एउटै कामका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यता हटेको छ । यसले नागरिकलाई झन्झटबाट मुक्त गराउनुका साथै झुटो विवरण पेश गरेर नागरिकता लिन खोज्नेहरूलाई भने कठिनाइ भएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार यो प्रणालीले अभिलेख सुरक्षित, त्रुटि न्यून र सेवा छिटो भएको छ । “अभिलेखका लागि राखिएका कागजात सुरक्षित रहन्छन् र समयको बचत पनि भएको छ”, उनले बताए ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायत सबै सेवामा नागरिकलाई झन्झटरहित र सरल सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रणाली लागू गरिएको स्पष्ट पारे ।


प्रकाशित मिति: २० माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?