Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

यसकारण कांग्रेसलाई तपाईंको मन र मत


-दिलबहादुर गुरुङ

म तपाईंहरूलाई यो कुरा स्मरण गराउन चाहन्छु कि नेपालमा प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रता सहज रूपमा आएको होइन। यी अधिकारहरू प्राप्त गर्न नेपाली कांग्रेसले धेरै त्याग र बलिदान दिएको छ। पचासौँ वर्षको लामो संघर्षपछि २०४६ सालमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपालमा लोकतन्त्र स्थापना भएको हो।

पछिल्ला तीन दशकमा नेपाली कांग्रेसले के गर्‍यो र के गरेन भन्ने कुरा भगवान् साक्षी छन्, विकास स्वयं साक्षी छ, गाउँ–गाउँका जनताहरू साक्षी छन्। हिजोका दुर्गम क्षेत्रहरू कस्ता थिए र आज कस्ता भएका छन् भन्ने कुराले नै प्रगतिको प्रमाण दिन्छ। हिजो विदेश जान नसक्ने अवस्था थियो, आज लाखौँ नेपाली अमेरिका, जर्मनी लगायत विभिन्न देशमा गएर काम गरिरहेका छन् र देशमा रेमिटेन्स पठाइरहेका छन्।

आज नेपाली कांग्रेसका युवा नेता तथा सभापति गगन थापाले संसदमा निरन्तर भ्रष्टाचारविरुद्ध, पारदर्शिता, सुशासन र रोजगारीका विषयमा आवाज उठाइरहनु भएको छ। यही नै आजको नयाँ पुस्ता (Gen Z) को पनि मुख्य माग हो।

हाम्रा वरिष्ठ नेताहरूले जेल जीवन भोग्नुपर्‍यो, दुःख सहनुपर्‍यो, तर पार्टी कहिल्यै विचलित भएन। पार्टीभित्र कहिलेकाहीँ असहमति र कठिन परिस्थिति आए पनि नेपाली कांग्रेसले लोकतन्त्रको बाटो कहिल्यै छोडेको छैन।

त्यसैले म तपाईंहरू सबैलाई फेरि एकपटक आग्रह गर्न चाहन्छु—आउँदै गरेको फागुनको निर्वाचनमा नेपाली कांग्रेसलाई ठूलो र बलियो दल बनाएर पठाऔँ। यही पार्टी हो जसले तपाईंको अधिकार, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, भविष्य र देशको सुरक्षा गर्छ।

-जर्मनी


प्रकाशित मिति: २५ माघ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?