Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति


जर्मनी । फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै  नेपाली जनसम्पर्क समिति जर्मनीले निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ।

नेपाली कांग्रेस पार्टीद्वारा माघ १४ गते जारी गरिएको निर्वाचन प्रचार–प्रसार समिति गठन सम्बन्धी परिपत्रअनुसार, नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले संस्थापक सभापति दिल बहादुर गुरुङको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो।

गठित समितिको संयोजकमा दिल बहादुर गुरुङ चयन भएका छन् भने पुष्प थापा सदस्य सचिव रहेका छन्। समितिमा शिखर खड्का, विजय मोक्तान, लक्ष्मण बस्नेत, श्याम खनाल, सूर्य तिवारी, मानवकुमार श्रेष्ठ, तेजेन्द्रबहादुर कार्की, सिजन दाहाल, शंकर डांगी, लोकमणि ढकाल, रिता दाहाल, दीपक लामा, बसन्त पाण्डे, कृष्ण शर्मा रिजाल, होम शर्मा, हरि थापा मगर, सुनिता थापा क्रान, विकास महर्जन, केशव पौडेल, शिव अधिकारी (टाइगर), प्रतिमा भट्ट र सुशील बास्तोलासहित २२ जना सदस्य रहेका छन्।

समितिको माध्यमबाट जर्मनीमा रहेका नेपाली मतदातामाझ नेपाली कांग्रेसको नीति, विचार र कार्यक्रम प्रभावकारी रूपमा प्रवाह गर्ने लक्ष्य लिइएको नेपाली जनसम्पर्क समिति जर्मनीले जनाएको छ।

नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री सिजन दाहालले जारी गरेको सूचनामा पार्टीको निर्वाचन अभियानलाई मजबुत बनाउन सबै सदस्यहरू सक्रिय रूपमा परिचालित हुने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित मिति: २५ माघ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?