Trending
>>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति


जर्मनी । फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै  नेपाली जनसम्पर्क समिति जर्मनीले निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ।

नेपाली कांग्रेस पार्टीद्वारा माघ १४ गते जारी गरिएको निर्वाचन प्रचार–प्रसार समिति गठन सम्बन्धी परिपत्रअनुसार, नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले संस्थापक सभापति दिल बहादुर गुरुङको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो।

गठित समितिको संयोजकमा दिल बहादुर गुरुङ चयन भएका छन् भने पुष्प थापा सदस्य सचिव रहेका छन्। समितिमा शिखर खड्का, विजय मोक्तान, लक्ष्मण बस्नेत, श्याम खनाल, सूर्य तिवारी, मानवकुमार श्रेष्ठ, तेजेन्द्रबहादुर कार्की, सिजन दाहाल, शंकर डांगी, लोकमणि ढकाल, रिता दाहाल, दीपक लामा, बसन्त पाण्डे, कृष्ण शर्मा रिजाल, होम शर्मा, हरि थापा मगर, सुनिता थापा क्रान, विकास महर्जन, केशव पौडेल, शिव अधिकारी (टाइगर), प्रतिमा भट्ट र सुशील बास्तोलासहित २२ जना सदस्य रहेका छन्।

समितिको माध्यमबाट जर्मनीमा रहेका नेपाली मतदातामाझ नेपाली कांग्रेसको नीति, विचार र कार्यक्रम प्रभावकारी रूपमा प्रवाह गर्ने लक्ष्य लिइएको नेपाली जनसम्पर्क समिति जर्मनीले जनाएको छ।

नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री सिजन दाहालले जारी गरेको सूचनामा पार्टीको निर्वाचन अभियानलाई मजबुत बनाउन सबै सदस्यहरू सक्रिय रूपमा परिचालित हुने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित मिति: २५ माघ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?