Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस् : काँग्रेस


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घिमिरेले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरुले जग हसाँएको समेत आरोप लगाए । नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको नभएको उल्लेख गर्दै उनले राम्रा नराम्रा पक्षहरुको विश्लेषण गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसदको सम्पुर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो । धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको छ । एकजना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौँ । उहाँको देवत्वकरण पनि गरौँ । केही राम्रा काम पनि होलान् । केही नराम्रा पक्ष पनि होलान् । नेपालको कर्मचारी तन्त्र दुधले नुहाएको छैन । यो कुरामा क्लियर हुनुस् ।’

प्रमुख सचेतक घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन व्यंग्य आग्रह गरेका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?