Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

त्रेतायुगमा सीतारामले खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीले खेले होली


जनकपुरधाम। त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा उत्सव मनाएका छन् ।

मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रङ, अबिर दल्दै बिहीवार होलीको उल्लास साटेका छन् । संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरू समेत कञ्चनवनको होलीमा सहभागी भएका छन् । फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको मिथिला मध्यमा परिक्रमा सप्तमी तिथिमा ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्छ । यही स्थानमा इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ । जनविश्वासअनुसार इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको थियो । सीतारामले यही स्थानमा होली खेलेको मानिन्छ । जसलाई परिक्रमा सहभागीहरूले रंग–अबिरबाट पुनर्जीवित गर्ने परम्परा कायम राखेका छन् । एकातिर रङ–अबिरको छटा, अर्कोतर्फ होरैया गीतको गुञ्जन, अनि हजारौँ भक्तजनहरूको उल्लासमय सहभागिताले कञ्चनवनको होलीलाई झनै विशेष बनाएको छ।

जनकपुरधामको हनुमाननगरबाट सुरू भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुगेको हो ।


प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?