काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त रहेको थियो। सोही रिक्त स्थानमा अर्याललाई नियुक्त गर्न सरकारबाट सिफारिस गरिएको हो।
प्रकाशित मिति: १ चैत्र २०८२, आईतवार