Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ । आईतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो । निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । त्यसैगरी बैठकले मधेस प्रदेशमा पनि रिक्त रहेको प्रदेश सभा सदस्य नियुक्ति गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ । अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र एक मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । र उहाँलाई बधाई दिन दिइएको छ । त्यसै गरेर मधेस प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्यमा समानुपातिक सूचिमा प्राथमिकता क्रममा रहेको दोस्रो नामलाई प्रदेश सभा सदस्यामा नियुक्त गर्ने सिफारिस गरिएको छ । अहिले समानुपातिकतर्फको ४ जनालाई प्रतिनिधि सभामा सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यो नाम अहिले आयोगमा पठाएपछि मात्रै सार्वजनिक गर्ने भन्ने निर्णय पनि भएको छ ।’ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचन हुने पार्टीका नेता ज्ञानबहादुर शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद दिइएको राप्रपाले जनाएको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ ।

आईतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो । निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । त्यसैगरी बैठकले मधेस प्रदेशमा पनि रिक्त रहेको प्रदेश सभा सदस्य नियुक्ति गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ ।

ध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र एक मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । र उहाँलाई बधाई दिन दिइएको छ । त्यसै गरेर मधेस प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्यमा समानुपातिक सूचिमा प्राथमिकता क्रममा रहेको दोस्रो नामलाई प्रदेश सभा सदस्यामा नियुक्त गर्ने सिफारिस गरिएको छ । अहिले समानुपातिकतर्फको ४ जनालाई प्रतिनिधि सभामा सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यो नाम अहिले आयोगमा पठाएपछि मात्रै सार्वजनिक गर्ने भन्ने निर्णय पनि भएको छ ।’

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचन हुने पार्टीका नेता ज्ञानबहादुर शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद दिइएको राप्रपाले जनाएको छ ।


प्रकाशित मिति: १ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?