२ चैत्र ,तनहुँ । गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाख बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम
२ चैत्र, काठमाडाैँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना
२ चैत्र ,गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १०
३० फागुन ,काठमाडौँ । बागमती प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभाको बैठकमा प्रस्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ । प्रदेशसभाको नियमावली, २०७४ को गठन आदेशअनुसार प्रदेशसभामा पाँच वटा समिति रहने व्यवस्था छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला समिति,
२८ फागुन ,गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एकथरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरेहेको उल्लेख गरे । “संविधानप्रति
२८ फागुन, सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय
२७ फाल्गुन ,काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच समसामयिक विषयमा छलफल भएको छ । विवादरहित ढंगबाट कार्यकाल सम्पन्न
२७ फागुन,खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जङ्गलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवद्र्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ नयाँ वर्ष, दसैँ, तिहार, साकेला उभौली तथा मङ्सिरपछि
२७ फागुन, कञ्चनपुर। नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन् । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५
२७ फागुन, बैतडी । जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन गरिएको छ । यहाँका १० वटै स्थानीय तहमा खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो । हरेक स्थानीय तहमा घरघुरी सर्वेक्षणमार्फत खोप पाए÷नपाएको सर्वेक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद