Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुई करोडमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु


२ चैत्र ,तनहुँ । गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाख बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । स्थानीयवासी चेपाङ र भुजेलले उत्पादन गर्ने परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरी तालिमपश्चात् व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ ।

गाउँपालिका मातहत रहेका छवटै वडाका गरी करिब ६० जनालाई समेटेर सुरुमा तालिम प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका स्रोत र साधन परिचालन गरी रोजगार सिर्जना गरी आर्थिक क्षेत्रमा सबल बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ । आँखा उपचार सेवा गाउँपालिका कार्यालयले भरतपुर आँखा अस्पतालसँग सम्झौता गरी आँखा उपचार सेवा प्रदान गर्न लागेको छ ।

अस्पतालले दुई र गाउँपालिका कार्यालयले एक गरी तीन जना जनशक्ति राखेर सेवा प्रवाह गर्न लागिएको हो । औषधि तथा उपकरण अस्पतालले नै सहयोग गर्ने र गाउँपालिकाले बार्षिकरूपमा रु छ लाख दिने सहमति भएको छ । गाउँपालिका कार्यालयले दुई कोठा उपलब्ध गराउने र बिरामी जाँच गर्दा लिइने टिकट शुल्कबाट उठेको रकममध्ये केही प्रतिशत गाउँपालिकालाई प्रदान गरिने भएको छ ।

गाउँपालिकाले १५ शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । एक एमडिजिपी, तीन चिकित्सकसहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दै आएका छन् । उक्त अस्पतालले गोरखा, लमजुङ, चितवनलगायतका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अहिले दैनिक एक सय बढी नागरिकले स्वास्थ्योपचार लिँदै आइरहेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?