Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

दुई करोडमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु


२ चैत्र ,तनहुँ । गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाख बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । स्थानीयवासी चेपाङ र भुजेलले उत्पादन गर्ने परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरी तालिमपश्चात् व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ ।

गाउँपालिका मातहत रहेका छवटै वडाका गरी करिब ६० जनालाई समेटेर सुरुमा तालिम प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका स्रोत र साधन परिचालन गरी रोजगार सिर्जना गरी आर्थिक क्षेत्रमा सबल बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ । आँखा उपचार सेवा गाउँपालिका कार्यालयले भरतपुर आँखा अस्पतालसँग सम्झौता गरी आँखा उपचार सेवा प्रदान गर्न लागेको छ ।

अस्पतालले दुई र गाउँपालिका कार्यालयले एक गरी तीन जना जनशक्ति राखेर सेवा प्रवाह गर्न लागिएको हो । औषधि तथा उपकरण अस्पतालले नै सहयोग गर्ने र गाउँपालिकाले बार्षिकरूपमा रु छ लाख दिने सहमति भएको छ । गाउँपालिका कार्यालयले दुई कोठा उपलब्ध गराउने र बिरामी जाँच गर्दा लिइने टिकट शुल्कबाट उठेको रकममध्ये केही प्रतिशत गाउँपालिकालाई प्रदान गरिने भएको छ ।

गाउँपालिकाले १५ शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । एक एमडिजिपी, तीन चिकित्सकसहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दै आएका छन् । उक्त अस्पतालले गोरखा, लमजुङ, चितवनलगायतका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अहिले दैनिक एक सय बढी नागरिकले स्वास्थ्योपचार लिँदै आइरहेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?