Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि ढुंगाना नेतृत्वको जेन–जी समूह आक्रोशित


काठमाडौँ। मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन ।

सोमवार दिनभर प्रधानमन्त्रीलाई भेटनका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेदसमेत व्यक्त गरेका हुन् । प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरु गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् । उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले समेत मोबाईल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेन–जी अभियन्ता सुशील बुढोथोकीले बताएका छन् ।

उनले भने,‘यो हामीले बिहानदेखि फोन गर्न ट्राई गरिरहेका थियौं । उहाँको फोन उठेन । अहिले प्रधानमन्त्री, गृहमन्त्रीज्युको फोन अफ भएपछि कसरी भेटने ?यसैका लागि फेरि आन्दोलन गर्ने कुरा भएन । नराम्रो सन्देश नजाओस । तर उहाँहरुले यो थाहा पाउनुहोस कि सबैलाई समेटेर युनाईटेड भएर आएको जेनजीलाई भेट्न दिनुभएन । कल अफ भयो । त्यसमा एकदमै नराम्रो छ । तर ठिक छ । सबै समूहसँग भेटनुपर्छ भन्ने सोचेर उहाँ प्रधानमन्त्री हुनु पर्दथ्यो । यस्ता कुराहरु सुन्ने शक्ति हुनुपर्दछ है ।’

ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो । तर टेलिफोनसम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै आफूहरुको ज्ञापन पत्र भित्तामा टाँसेर फर्किएको छ । अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरुसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गरेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?