Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने


२ चैत्र ,गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । पुल निर्माणको प्रक्रियाले यस क्षेत्रको समृद्धि र विकासको आशा जगाएको हो । पुल नहुँदा गगनगौडा क्षेत्रबाट आफ्नै वडा नं ३२ को कार्यालयसम्म पुग्न सर्वसाधारणलाई समस्या भइरहेकामा अब पुल बनेपछि सहज हुने नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताएका छन्‌ ।

तल्लो गगनगौँडा क्षेत्रका बासिन्दा पुल नहुँदा वडा कार्यालयसम्म पुग्न करिब एक घण्टा हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने छ । कृषिजन्य उत्पादनका लागि तल्लो गगनगौडा, राजाचौतारा, मालमुल, देउरालीलगायत स्थान अब्बल मान्निछन् । बाह्रसय चौतारातर्फ पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पुल अपरिहार्य भएको घिमिरेको भनाइ छ ।

पुल बनेपछि यस क्षेत्रमा उत्पादित वस्तु बिक्री वितरणका लागि सहज हुनेछ । तल्लो गगनगौँडा हुँदै पोखरा–काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल आवश्यक भएको समाजसेवी खेमराज अधिकारीको भनाइ छ । यस क्षेत्रमा तनहुँको साविक थप्रेक गाविसलगायत विभिन्न स्थानबाट बसाई सरेर आउनेको सङ्ख्या अत्यधिक छ ।

पुरानो गाउँको चौतरादेखि युनिभर्स चोक जोड्ने पुलले पृथ्वी राजमार्गसँग रुपा तथा लमजुङवासीलाई सजिलो हुनेछ । तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सीधा र सहज सम्पर्कका लागि पनि पुल आवश्यक भएको स्थानीयले बताएका छन् ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?