Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिनिधि सभा निवाृचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस हुनुभएका शर्माले सोही कार्यक्रमस्थलमा बोल्दै उनले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुहुँदै काँग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्ने बताएका छन् । देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता,कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुपर्ने बताएका छन् । आफू मन्त्री हुने वा नहुने अर्को पाटो भएपनि इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘यो ०८२ सालमा चुनाव हुन्छ हुँदैन थाहा छैन । चुनाव भयो भने नेपाली काँग्रेसलाई एउटा ठूलो सन्देश हो, काँग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरु ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भनेजस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रुपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता,कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ उर्जा भरेर मुलुकभर लैजानुहुन्छ, नेपाली काँग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठूलो सफलता हो र ३ नम्बर क्षेत्रका सबै नेताहरु नेपाली काँग्रेसका कार्यकर्ता र नेताहरु धन्यवादको पात्र हुनुहुन्छ । मन्त्री हौँला नहोला फरक कुरा हो । तर इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर भगवानले प्रदान गर्नुहुनेछ ।’

निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा. शर्माको विकल्प नभएको बताए । मन्त्री बन्ने आशिर्वाद आफूहरुले दिनुपर्ने बताए । प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ—३ बाट नेपाली काँग्रेसले शर्माको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिको बैठकले डा. शर्मालाई आगामि हुने प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेसँगै नेपालभर नै नेपाली काँग्रेसको उम्मेदवार हुन सिफारिस हुनेमा डा. शर्मा पहिलो समेत भएका छन् । काँग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीनजनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ—३ मा भने अन्य कुनै नेताले उम्मेदवारी दाबी गरेनन् ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?