Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको बताएका छन् । उनले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको बताएका छन् । उनले विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिब्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख गरेका छन् । यद्यपि प्रविधि बढ्दै गए पनि केबिन क्रूको भुमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ ।

उनले भने, ‘नागरिक उड्डयनको नवप्रवर्तनको प्रवद्र्धन भन्ने नाराका साथ आज हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइरहेका छौं । त्यसैले आजको दिन हामी सबैको महत्वपूर्ण रहेको छ । आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुगाउने माध्यम मात्र होइन । यो नवप्रर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको मेलमिलाप हो । उडानहरु अझै सुरक्षित, पर्यावरणमैत्री र यात्रुअनुकुल हुनको लागि विश्वभरी नै नयाँ नयाँ प्रवर्तनहरु भइरहेका छन् । अहिले प्रविधि र एआईजडित सेवाहरु पनि आइरहेका छन् । तर केविन क्रूको भूमिकालाई मसिनले प्रतिस्थापन गर्न सक्छ । मैले निष्कर्ष निकालेको छु । सक्दैन । जुन सेवा यहाँहरुले प्रदान गरिरहनुभएको छ । त्यो सेवा मेसिनले प्रवाह गर्न सक्दैन । त्यही भएर मैले सुरु मै भने मानवकेन्द्रित सेवाले मात्रै सञ्चालन हुन्छ । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी अनियमित मौसम र यात्रुको मनोदशा तथा हरेक परिस्थितिमा तपाईहरुको साहस र करुणा नै तपाईहरुको पहिचान हो ।’

उनले प्रभावकारी उड्डयन सेवा प्रवाह गर्न सरोकावालाहरुलाई आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?