Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी


काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताएका छन् ।

सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताएका छन् । उनकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रुपमा हुनुपर्ने बताउँदै उनले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने समेत बताएका छन् ।

अध्यक्ष सिंहले भने,‘निर्माण क्षेत्र अहिले आक्रान्त बनेको छ । म प्रधानमन्त्री, विकास निर्माणको जिम्मा लिएका मन्त्रालयका मन्त्रीहरुलाई रुग्ण ठेक्काहरुको नाममा अहिले निर्माण उद्योगीहरुलाई अन्योलको वातावरणको सिर्जना भयो । ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई प्रताडित काम भएको छ । एकतर्फी रुपमा आम जनतालाइ पनि निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम भएको छ । यो गलत छ । एकदमै गम्भीर भएर रुग्ण ठेक्काको व्यवस्थापन हुनुपर्छ । सकेसम्म सम्पन्न हुने योजनालाई सम्पन्न गर्नका लागि वातावरण बनाइदिनुपर्छ । सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्छ । अहिले ठेक्का अन्त्य गर्ने नाममा त्रास फैलिएको छ, यसले बैंकङ क्षेत्रलाइ पनि अन्योल बनाएको छ । यो कुरामा सरकारलाई गम्भीर हुन आग्रह गर्दछु ।’

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताए । उनकाअनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्ने उनको भनाइ छ ।

सचिव गोपाल सिग्देलले भने,‘हामी एकप्रकारको मन्दीबाट ग्रुजिरहेका छौं । सबै उद्योग आफैँ पनि शिथिल छ । अहिले उकुसमुकुसको स्थीति छ । सम्भवतः यो इतिहासकै सिथिल अवस्था हो । यो धेरै कारण छन् । हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्छ । पछिल्ला सरकारका गतिविधि हेर्दा रुग्ण ठेक्का सबै तोडेर मात्रै समाधान हुन्छ जस्तो मलाइ पनि लाग्दैन । हामीसँग कुनै बेला देशभरी ३१ सय रुग्ण ठेक्का थिए । ७ /८ सय सडक विभागकै ठेक्का थियो । अहिले त्यो स्थिति र्छैन । त्यो स्थीति होइन । शहारी विकास मन्त्रालयमा ४२ ओटा ठेक्का भवन विभागको र १०/१२ ओटा झोलुङे पुलसम्बन्धि ठेक्का थियो । धेरैको ठेक्का तोड्नुपरेको छैन् । काममा फर्किनुभएको छ ।’

उनले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरु नतोडिएको समेत बताएका छन्। सिग्देलकाअनुसार कतिपय ठेक्काहरु चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार बिहान प्रभातफेरी समेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?