Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट


एजेन्सी। कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विष्फोट भएको छ । रकेट प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ ।

तमोह–३ नाम दिइएको रकेट लगभग ३.२ मिटर लामो थियो । जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ, प्रवेग र अन्य उडान डेटा रेकर्ड गर्न डिजाइन गरिएका जिपिएस उपकरणहरूले सुसज्जित थियो ।

टोलीकाअनुसार यो यसको चौथो प्रक्षेपण प्रयास थियो । यसले आफ्नो विकास प्रयासहरू जारी राख्दै विस्फोटको कारणको अनुसन्धान गर्ने बताएको छ । २०१८ मा स्थापित, कुवेत स्पेस रकेट टोलीले कुवेतको अन्तरिक्ष अनुसन्धान र वैज्ञानिक अन्वेषण पहलहरूमा योगदान पु¥याउने लक्ष्य राख्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका इन्जिनियरहरू र विशेषज्ञहरूलाई एकसाथ ल्याउँछ ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?