Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट


एजेन्सी। कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विष्फोट भएको छ । रकेट प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ ।

तमोह–३ नाम दिइएको रकेट लगभग ३.२ मिटर लामो थियो । जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ, प्रवेग र अन्य उडान डेटा रेकर्ड गर्न डिजाइन गरिएका जिपिएस उपकरणहरूले सुसज्जित थियो ।

टोलीकाअनुसार यो यसको चौथो प्रक्षेपण प्रयास थियो । यसले आफ्नो विकास प्रयासहरू जारी राख्दै विस्फोटको कारणको अनुसन्धान गर्ने बताएको छ । २०१८ मा स्थापित, कुवेत स्पेस रकेट टोलीले कुवेतको अन्तरिक्ष अनुसन्धान र वैज्ञानिक अन्वेषण पहलहरूमा योगदान पु¥याउने लक्ष्य राख्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका इन्जिनियरहरू र विशेषज्ञहरूलाई एकसाथ ल्याउँछ ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?