Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपालकाे ईतिहासमा पहिलोपटक हिउँ चितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडियो !


मुस्ताङ। नेपालमा पहिलोपटक हिउँ चितुवा (प्यान्थेरौनिका) को उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ । गत बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङको च्याङग्राको खोरमा पसेकाे हिउँ चितुवालाई नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार स्थानियबासीले दिएकाे सूचना पछि खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी, नेपाली सेना, एक्यापका कर्मचारी र स्थानीयबासीहरुको टोलीले नियन्त्रणमा लिएको थियो।

हिउँ चितुवालाई फलामको खोरको पासोमा पारेर नियन्त्रणमा लिईएको र प्राकृतिक बास्थानमा लगेर छाडिएको पौडेलले जानकारी दिए । पछिल्लो समय मुस्ताङमा हिउँ चितुवाले गाउँभित्र पसेर घोडा, खच्चड, भेँडा, च्याङग्रा र चौरीको गोठमा क्षति पुर्‍याउन थालेको छ ।

पछिल्लाे समय आहाराको खोजीमा हिउँ चितुवा मानव वस्ति र गोठमा पसेर क्षेति पुर्‍याउने गरेकाे छ । पौडेलले नेपालको संरक्षण इतिहासमा हिउँ चितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको पहिलो घटना भएको जानकारी दिए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?