Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

संकटा र छहारीको दोस्रो जित


काठमाडौँ। संकटा क्लव र छहारी युवा क्लवले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदान मंगलवार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेका हुन् । सात टोली रहेको समूह ‘ए’ मा छहारीले दुई खेलमा सतप्रतिशत जित आत्मसात् ग¥यो । अर्को समूह ‘बी’ को टोली संकटाको पनि दोस्रो जित हो । छहारीले पहिलो खेलमा एफसी रियलेलाई ३–० ले पराजित गरेको थियो । पहिलो पराजय व्यहोरेको स्टुडेन्ट दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ । यसअघि स्टुडेन्डले सिन्धुपाल्चोक एफसीलाई ३–१ ले हराएको थियो ।

छहारीको जितमा सुमित्रासिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललिता मण्डल, सानिमामाया लो र दीपा पुनमगरले समान एक गोल गरे । स्टुडेन्डका लागि सबिना तामाङले गोल फर्काइन् । खेलको १६औं मिनेटमा समित्राको गोलमार्फत छहारीले अग्रता लिएको थियो । ३५औं मिनेटमा अस्मिताले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको तीन मिनेटपछि नै सुमित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । यससँगै पहिलो हाफमा छहारी ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा छहारीले तीन गोल थप्दा एक गोल पनि सामना ग¥यो । ५६औं मिनेटमा ललिताले गोल गर्दै छहारीको अग्रता ४–० मा पु¥याइन् ।

सबिनाले ६७औं मिनेटमा स्टुडेन्टका लागि गोल फर्काउँदै अग्रता छोट्याइन् । सानिमाले ७५औं र दीपाले ७६औं मिनेटमा गोल गरे । त्यसपछि थप गोल हुन सकेन र छहारीले ६–१ को सानदार जित निकाल्यो । दिनको दोस्रो खेलमा नेपाली यु–२० महिला टोलीका स्टार खेलाडीले भरिएको संकटाले पनि झापामाथि सहज जित निकाल्यो । दुवै हाफमा समान दुई गोल भए । सुक्रिया मियाले दुई तथा प्रतीक्षा राई र रेनिसा शर्माले समान एक गोल गरे । २०औं मिनेटमा सुक्रियाको पेनाल्टी गोलबाट संकटाले अग्रता लिएको थियो । झापाका डिफेन्डरले सुक्रियालाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले अवसर पाएको हो ।

२६औं मिनेटमा संकटाले अर्को पेनाल्टी पायो । यसपल्ट झापाका खेलाडीले पूर्णिमा राईलाई लडाएपछि संकटाले अग्रता दोब्बर बनाउने अवसर पाएको हो । ५५औं मिनेटमा झापाकी गोलकिपर सूजता तामाङले फुत्काएको बललाई नियन्त्रणमा लिँदै प्रतीक्षाले खाली पोस्ट गोल गरिन् । ८९औं मिनेटमा रेनिसा शर्माले संकटाको चौथो गोल गरिन् । सेनु परियारको कटब्याकलाई वान टचमार्पmत रेनिकाले बललाई जाली चुमाइन् । त्यसपछि संकटाले झापामाथि ४–० ले सहजै आफ्नो बनायो ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?