Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो


मुम्बई ।  भारतको पश्चिमी राज्य गोवाको एक नाइटक्लवमा भएको विनाशकारी आगलागीमा चार पर्यटकहरूसहित २५ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोवाको राजधानी पणजीबाट लगभग १६ किलोमिटर उत्तरपश्चिममा रहेको उत्तरी गोवा जिल्लाको अर्पोरा गाउँमा रहेको लोकप्रिय नाइटक्लव, बिर्च बाई रोमियो लेनमा आगलागी भएको हो । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । प्रहरी र अग्निशमन विभागको अनुसन्धान जारी छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत मृत्युप्रति शोक व्यक्त गरेका छन्।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?