Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुर्नव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुधवार निर्वाचनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार समेत रहेका नेता पोखरेलले पार्टीलाई विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनव्र्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यसैको लागि आफूहरुले उम्मेदवारी दिएको समेत दाबी गरेका छन् । उनले पार्टी सञ्चालन सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘महाधिवेशनले परिवर्तनको अपेक्षा पुरा गर्छ भन्ने मैले अपेक्षा राखेको छु । किनभने हाम्रो प्रतिनिधि साथिहरु र देशव्यापी रुपमै हामीले पुर्नव्यवस्थित हुनुपर्छ भन्ने छ । मैले भन्दै आएको छु विचारमा पुर्नव्यवस्थित हुन जरुरी छ । संगठन र कार्यसम्पादन गर्ने शैलीमा समेत पुर्नव्यवस्थित गर्न जरुरी छ । पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आम प्रतिनिधिहरुको यही भावनालाई प्रतिनिधित्व गर्दै हामीले उम्मेदवारी दिएका हौँ ।’

उनले पदाधिकारीमा धेरै जनाको उम्मेदवारी परेको कारण मतदानमा लामो समय लागेको समेत बताएका छन्।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?