Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुर्नव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुधवार निर्वाचनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार समेत रहेका नेता पोखरेलले पार्टीलाई विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनव्र्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यसैको लागि आफूहरुले उम्मेदवारी दिएको समेत दाबी गरेका छन् । उनले पार्टी सञ्चालन सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘महाधिवेशनले परिवर्तनको अपेक्षा पुरा गर्छ भन्ने मैले अपेक्षा राखेको छु । किनभने हाम्रो प्रतिनिधि साथिहरु र देशव्यापी रुपमै हामीले पुर्नव्यवस्थित हुनुपर्छ भन्ने छ । मैले भन्दै आएको छु विचारमा पुर्नव्यवस्थित हुन जरुरी छ । संगठन र कार्यसम्पादन गर्ने शैलीमा समेत पुर्नव्यवस्थित गर्न जरुरी छ । पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आम प्रतिनिधिहरुको यही भावनालाई प्रतिनिधित्व गर्दै हामीले उम्मेदवारी दिएका हौँ ।’

उनले पदाधिकारीमा धेरै जनाको उम्मेदवारी परेको कारण मतदानमा लामो समय लागेको समेत बताएका छन्।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?