Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए


ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए

काठमाडौँ। अग्रता जोगाउन नसक्दा भूटानको ट्रान्सपोर्ट युनाइटेड साफ महिला क्लव च्याम्पियनसिपमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने अवसर गुमाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार ट्रान्सपोर्ट बंगलादेशको नासरिन एफसीसँग १–१ को बराबरी नतिजा सामना गर्न बाध्य भएको छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा दुवै टोली पहिलो जित र गोल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका थिए । लिगको अन्तिम खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्थे । तर, अन्तिम समयमा अग्रता गुमाएपछि ट्रान्सपोर्ट जित निकाल्न असफल भएको हो । खेल सकिन तीन मिनेट बाँकी छँदा नासरिनले गोल ग¥यो । ट्रान्सपोर्टका लागि कप्तान पेमा छोदेन छिरिङल र नासरिनकी सौरभी प्रीतिले गोल गरे । ट्रान्सपोर्टले १२ औं मिनेटमा गोल गर्ने उत्कृष्ट अवसर बुन्यो ।

दोर्जी इडोनले पेनाल्टी बक्सबाट गरेको प्रहार नासरिनकी गोलकिपर मेघला रानी रोयले उत्कृष्ट बचाउ गरिन् । एक मिनेटपछि नै नासिरिनले पनि पहिलो अवसर बनायो । तर, पेनाल्टी बक्स बाहिरबाट तृष्ण रानीको प्रहार ट्रान्सपार्टकी गोलकिपर संगीता मोङ्गेरले उत्कृष्ट बचाउ गरिन् । २३औं मिनेटमा ट्रान्सपोर्टले गोल गर्ने उत्कृष्ट अवसर गुमायो । नासरिनकी गोलकिपर मेघला रानी चौधरी नै बिट भएको अवस्थामा कप्तान पेमा छोदेन छिरिङको क्रसमा देकी लाजोमले भेट्टान सकिनन् । २८औं मिनेटमा नासरिनकी गोलकिपर मेघलाले लाजोमकै हेडरलाई उत्कृष्ट बचाउ गरिन् । ६ मिनेटपछि नै ट्रान्सपोर्टकी गोलकिपर संगीता मोङ्गेरले पनि असफल पारिन् ।

सौरभीको प्रीतिले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई उनले खुट्टाले रोकिन् । ट्रान्सपोर्टले ३८औं मिनेटमा कप्तान पेमाको उत्कृष्ट गोलबाट अग्रता लियो । यो नै ट्रान्सपोर्टको लागि यस च्याम्पियनसिपमा पहिलो गोल रह्यो । दोर्जी इडोनको पास सदुपयोग गर्दै उनले पेनाल्टी बक्सबाहिरबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरिन् । पहिलो हाफमा ट्रान्सपोर्ट १–० ले अगाडि रह्यो । ५८औं मिनेटमा सौरभीले एकल प्रयासमा उत्कृष्ट अवसर बुनिन् । तर, उनको प्रहार ट्रान्सपोर्टकी गोलकिपर संगीताले मुस्किलले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारिन् ।

६२औं मिनेटमा ट्रान्सपोर्टको अग्रता दोब्बर बनाउने प्रयास सफल भएन । यशी बिधाले करिब १७ यार्डबाट गरेको लेफ्ट फुटेड सट दोस्रो बारमा लागेर फर्कियो । लगत्तै येशी छोडेनको सशक्त प्रहार नासरिनकी गोलकिपर उत्कृष्ट बचाउ गरिन् । ८७औं मिनेटमा सौरभीले गोल गर्दै नासरिनलाई बराबरीमा ल्याइन् । जुन टोलीका लागि यस च्याम्पियनसिपमा पहिलो गोल पनि हो । उनले एकल प्रयासमा ट्रान्सपोर्टका चार डिफेन्डरका बीच पेनाल्टी बक्सभित्र बाट उत्कृष्ट गोल गरेकी हुन् । यसपछि थप गोल हुन सकेन र यस च्याम्पियनसिपमा जितविहीन रहँदै दुवै टोली बाहिरिए ।

पाँच टोली सहभागी च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानमा रहँदै एपिएफ र भारतको इस्ट बंगालबीच उपाधि भिडन्त हुँदै छ । त्यसअघि लिगको अन्तिम खेलमा यी दुवै टोली बुधवारको दोस्रो खेलमा एपिएफ र इस्ट बंगाल प्रतिष्पर्धा गर्दैछन् । ट्रान्सपोर्टले तीन बराबरी सामना गर्दा इस्ट बंगालसँग मात्र हार बेहोरेको थियो । नासरिनले भने दुई बराबरी र दुई हार सामना ग¥यो ।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?