Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता


२७ फाल्गुन ,काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपतिको निवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच समसामयिक विषयमा छलफल भएको छ । विवादरहित ढंगबाट कार्यकाल सम्पन्न गरेकोमा उपराष्ट्रपति पुनलाई मन्त्री मोदीले बधाई व्यक्त गरे ।

उपराष्ट्रपति पुनले देश र जनताको हितलाई सर्वोपरी ठानेर काम गर्न मन्त्री मोदीलाई सुझाव दिए ।

“देश र जनताका हितलाई सर्वोपरी ठानेर, उनीहरुको समस्यालाई समाधान गर्नतिर तपाईहरुको ध्यान केन्द्रित होस् भन्ने मेरो चाहना छ” मन्त्री मोदीलाई उपराष्ट्रपति पुनले भने ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?