Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ ।

महासंघले शनिवार १८ औँ निर्माण दिवसको अवसर पारेर रोड रेसको आयोजना गरेको हो । महासंघले खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसको आयोजना गरेको हो । रेसमा विदेशी तथा स्वदेशी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । रोड रेसको पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवका राजन रोकाय पहिलोे, आर्मी क्लवकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् । महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लवकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भएकी छिन् । खुला १० किलोमिटरमा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कर्पोरेट पुरुषमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने कर्पोरेट महिलातर्फ सोनु घतानी, नगिना महर्जन र रजिना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । भेट्रान्स पुरुषतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने भेट्रान्स महिलातर्फ कल्पना महर्जन, सर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भएका छन् । विद्यार्थी (छात्र) तर्फ हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने छात्रातर्फ भगवती खड्का, सर्मिला वि.के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसका विजेता महिला तथा पुरुषले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा कुल ४ सय ७१ जनाको सहभागिता रहेको निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष रवी सिंहले अब प्रत्येक वर्ष रोड रेस सञ्चालन गर्ने जानकारी दिंदै महासंघले पहिलो पटक आयोजना गरेको रेसमा अन्तर्राष्ट्रियस्तरबाट समेत सहभागीता भएको बताएका छन् । ईटाली, चीन, जापानका धावकहरुले समेत सहभागिता जनाउनुभएको अध्यक्ष सिंहको भनाइ छ । आगामी दिनमा एफक्यान रोड रेस मार्की इभेन्ट हुने उनको घोषणा छ ।

१० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय फर्केर टुङ्गिएको हो । ५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भयो । एफक्यान रोड रेशको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेलका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?