Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

११ औं महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम


काठमाडौँ। पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वृहत रक्तदान कार्यक्रम भएको हो । मध्यान्ह १२ बजेदेखि शुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । ार्यक्रममा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण गरी सयौंको संख्यामा सहभागी भएका थिए । रक्तदानमा पार्टीका वरिष्ठ नेता, केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा काठमाडौं उपत्यकाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले पनि सक्रिय रूपमा सहभागिता जनाएका छन् । मानवीय सेवालाई पार्टीको अभियानको रूपमा अघि बढाइएको नेताहरुले बताएका छन् । रक्तदानलाई महाधिवेशनको तयारीसँग जोडेर हेर्नुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीले देशभर विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । रक्तदान कार्यक्रम पनि त्यसैको एक हिस्सा भएको एमालेले जनाएको छ ।

महाधिवेशन नजिकिँदै गर्दा एमालेले “जनताको जनवादः समृद्ध नेपालको बलियो आधार” भन्ने नाराका साथ संगठन सुदृढीकरण, नीति तथा विचारको बहस र नेतृत्व चयनको तयारीलाई तिब्र पारेको छ । रक्तदान जस्ता कार्यक्रमले पार्टीको सामाजिक छवि थप उज्यालो बनाएको नेताहरुके दाबी छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?