Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण


काठमाडौँ। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन् ।

आईतवार नियुक्ति पत्र बुझेलगत्तै सञ्चार ग्रामस्थित कार्यालयमा पुगरे अध्यक्ष आचार्यले पदभार ग्रहण गरेका हुन् । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमहरुलाई व्यव्यस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफू चाहेर नभई समयको माग अनुसार काउन्सिको अध्यक्ष बनेको उल्लेख गर्दै उनले काउन्सिलमा रहेका संस्थागत समस्याहर समाधान गर्नु पहिलो प्राथमिकता हुने बताएका छन् ।

उनले भने, ‘म चाहेर यो पदमा आएको होइन । मलाई यो विषम परिस्थितिमा काउन्सिलको नेतृत्व गर्नुपर्छ भनेर नागरिक सरकारले अफर गरेको कारण यहाँ आएको हुँ । नागरिक सरकारले नियुक्त गरेको कारण पनि संस्थागत तथा आर्थिक भ्रष्टचार नियन्त्रण गर्दै काउन्सिलमा रहेका संस्थागत समस्या गर्नु मेरो पहिलो प्राथमिकता हो । सरोकारवालाहरुसँगको सहकार्यमा सञ्चार क्षेत्रमा सुधार गर्न प्रयत्नरत हुनेछु ।’

वरिष्ठ अधिवक्ता समेत रहनुभएका आचार्यले त्रिभूवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गरेका छन् ।

 


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?