काठमाडौँ। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन् ।
आईतवार नियुक्ति पत्र बुझेलगत्तै सञ्चार ग्रामस्थित कार्यालयमा पुगरे अध्यक्ष आचार्यले पदभार ग्रहण गरेका हुन् । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमहरुलाई व्यव्यस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफू चाहेर नभई समयको माग अनुसार काउन्सिको अध्यक्ष बनेको उल्लेख गर्दै उनले काउन्सिलमा रहेका संस्थागत समस्याहर समाधान गर्नु पहिलो प्राथमिकता हुने बताएका छन् ।
उनले भने, ‘म चाहेर यो पदमा आएको होइन । मलाई यो विषम परिस्थितिमा काउन्सिलको नेतृत्व गर्नुपर्छ भनेर नागरिक सरकारले अफर गरेको कारण यहाँ आएको हुँ । नागरिक सरकारले नियुक्त गरेको कारण पनि संस्थागत तथा आर्थिक भ्रष्टचार नियन्त्रण गर्दै काउन्सिलमा रहेका संस्थागत समस्या गर्नु मेरो पहिलो प्राथमिकता हो । सरोकारवालाहरुसँगको सहकार्यमा सञ्चार क्षेत्रमा सुधार गर्न प्रयत्नरत हुनेछु ।’

वरिष्ठ अधिवक्ता समेत रहनुभएका आचार्यले त्रिभूवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गरेका छन् ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार