Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पूर्ण खोप सुनिश्चितताका लागि घरघुरी सर्वेक्षण


२७ फागुन, बैतडी । जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन गरिएको छ । यहाँका १० वटै स्थानीय तहमा खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो ।

हरेक स्थानीय तहमा घरघुरी सर्वेक्षणमार्फत खोप पाए÷नपाएको सर्वेक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । यहाँ जन्मेदेखि पाँच वर्षमुनिका २५ हजार बालबालिका छन् । यी बालबालिकाको घरधुरी सर्वेक्षणपश्चात् खोप लगाउन छुटेका भेटिए खोपको दायरामा ल्याइने उनले बताए ।

तालिकाअनुसार खोप लगाउने उमेरसमूहका सबै बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिनेछ । पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले हाल प्रत्येक पालिकामा जनप्रतिनिधि र सरोकारवालासँग अन्तक्र्रियात्मक छलफलसमेत गर्ने गरिएको प्रमुख भट्टले जानकारी दिए ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ रोगविरुद्धका नौ खोप दिने गरिएको छ । हरेक स्वास्थ्य संस्था र खोप क्लिनिकमा तालिकाअनुसार खोप दिने गरिएकामा छुटेका भए यस अभियानमा दिने बताइएको छ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गरिने छ ।

आगामी वैशाखलाई ‘खोप महिना’का रुपमा मनाउने र त्यो बेला पालिका र जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०७२ असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?