Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

युवा पलायन


  • अनिता भुसाल,गुल्मी

देशै छाडी जान पर्ने कस्तो बाध्यता हो यो
कारण एउटै बेरोजगारी गरिबीको चपेटो
तिर्नै पर्यो लागेको ऋण छिमेकिको बचन
बा-आमाले घर छाडेर नजाउ बाबु नभन…

उच्च शिक्षा रोजगारी र सुबिधाको आशाले
कति युवा परदेशिए धनको अभिलाषाले
देशमै बसौं प्रगतिका बाटा खासै देखिन
आज आफ्नो जन्म भूमि छाड्न बाध्य छु किन ….

प्रमाणपत्र कला कौशल दक्षता र योग्यता
नेपालमा किन बिक्दैन मेरो संघर्षको प्राप्तता
देशमै अवसर देखिन मैले कि त खोज्न जानिन
यहाँ भविस्यको सुनिस्चितता होला भन्ने ठानिन…

बौद्धिकता बढ्दैछ तर मुलुकलाई होइन
पलायनको यात्रा कहिलेसम्म चल्छ थाहा छैन
आफ्नो भाषामा पोख्त थिए तर काम लागेन
विदेशिले मेरो मातृभाषा कतै पनि मागेन…

सपना देख्नै गार्हो रहिछ यहाँको धरातलमा
भ्रस्टाचार राजनीतिक अस्थिरता भेटाए कोणकोणमा
रहर हैन पक्कै पनि मातृभूमि छाड्नलाई
आफ्नै देशमा पढी लेखी अन्तै श्रम बाड्नलाई…

युवा वर्ग बिदेशिदैं गर्दा गाउँमा वृद्ध बालक
धनसरि प्राकृतिक स्रोतको बिग्रदो छ हालत
मुटुमाथी पत्थर राखी उडि जान्छौ आकाशमा
फर्किदा कसैको शरीर नआओस प्रभु बाकसमा…

आशा छ एकदिन फर्कने छौं हामी यही माटोमा
ममताको मोहले कुरिरहेको मूलबाटोमा
आफ्नो सीप र योग्यतालाइ पैसा संग साटेर
बा-आमाको आशिर्बादले खुसी ल्याउला दुखै काटेर…

(विद्यार्थी,बी.एड दोस्रो वर्ष, बुटवल कालिका क्याम्पस, रुपन्देही )


प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?