Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने


काठमाडौँ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ ।

बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो । अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६/६ वटा राख्न सकिने बताए । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको बताउँदै पार्किङको पनि क्षमता बढेको बताए । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको उनको भनाइ छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको पनि जानकारी दिए ।

उनले भने, ‘इन्टरनेशनल पार्किङ एप्रोन जुन छ, त्यसमा न्यारोबडी राख्नुभयो भने १८ वटा, वाइडबडी र न्यारोबडी गरेर राख्नुभयो भने ६ वटा वाइडबडी, ६ वटा न्यारोबडी राख्न सकिन्छ । अहिलेसम्म हामी न्यारोबडी र वाइडबडी गरेर ११ वटा मात्रै राख्न सक्छौँ । अब २९ वटा जहाज यहाँ पार्किङ गर्नसक्छौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको छ । पार्किङको पनि क्षमता बढेको छ । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको छ ।’

अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभूवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ । विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?