Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश


काठमाडौँ। निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके व्यापारीहरु बताउछन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आउनुभएका पदमबहादुर पोखरेलले विगत पाँच सातबर्षदेखि धुलो धुवाँ प्रदुषण झेल्नुपरेको बताए । उनका अनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।

होटल व्यवसायी पोखरेलले भने–‘बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ ।’

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताए । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ आफ्नै समस्या रहेको बताउछन् । उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको बताउछन् ।

महासचिव दाहालले भने–‘निर्माण व्यवसायीहरुको आ—आफ्नै समस्या छ । राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिदाँ व्यवसायी अझ समस्या फसेका हुन् । ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर उनीले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपु¥याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’

उनका अनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम दु्रत बनाउने बातावरण बनाइदिनुपर्छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?