Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश


काठमाडौँ। निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके व्यापारीहरु बताउछन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आउनुभएका पदमबहादुर पोखरेलले विगत पाँच सातबर्षदेखि धुलो धुवाँ प्रदुषण झेल्नुपरेको बताए । उनका अनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।

होटल व्यवसायी पोखरेलले भने–‘बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ ।’

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताए । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ आफ्नै समस्या रहेको बताउछन् । उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको बताउछन् ।

महासचिव दाहालले भने–‘निर्माण व्यवसायीहरुको आ—आफ्नै समस्या छ । राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिदाँ व्यवसायी अझ समस्या फसेका हुन् । ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर उनीले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपु¥याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’

उनका अनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम दु्रत बनाउने बातावरण बनाइदिनुपर्छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?