Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाण्डु गोर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाण्डु गोर्खाजले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । काठमाण्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरज सिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन् । उक्त लोगोमा काठमाडौंको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ । काठमाण्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ । काठमान्डु गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ ।

यसै क्षेत्रका समर्थकलाई पनि समेट्ने काठमान्डु गोर्खाजको योजना छ । बिहीबार नै भएको पत्रकार सम्मेलनमा काठमाण्डु गोर्खाजले आगामी सिजनका लागि मुख्य प्रायोजकका रूपमा वल्र्ड लिंकसँग र हस्पिटालिटी पार्टनरका रोयल टुलिप काठमाडौंसँग सहकार्य गरेको छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वल्र्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालसँग र रोयल टुलिपका जनरल म्यानेजर बलराम पाठकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । गत सिजन काठमाण्डु प्लेअपमा पुग्न असफल भएको थियो । तेस्रो र चौथो स्थानका टोलीसँग सामना अंक भएपनि नेट रनरेटमा पछि पार्दा काठमाण्डु पाँचौं स्थानमा सीमित भएको थियो ।

यसपल्ट काठमाण्डुले व्यवस्थापन, लोगो र प्रशिक्षकमा पनि परिर्वतन गरेको हो । नेपाली राष्ट्रिय टोली समालिसकेका मोन्टी देसाई काठमान्डु गुर्खाजको प्रशिक्षकमा नियुक्त भइसकेका छन् । उनको प्रशिक्षण टोलीमा वसन्त शाही हुनेछन् । शाही यसअघि टोलीका मुख्य प्रशिक्षक थिए । काठमान्डु गोर्खाजको मार्की खेलाडी करण केसी हुन् । उनले आगामी सिजन उपाधि जित्ने आशा व्यक्त गरेका छन् । काठमान्डु गोर्खाजले भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरिसकेको छ । सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फ्रेन्चाइज टोलीले अपग्रेड गरे मात्र एनपिएलको स्तर विकास हुने आशा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?