Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत


काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल स्काउटसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकका निर्णय सार्वजिनक आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङ तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको पनि जानकारी दिए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र बाह्रविसे नगरपालिकामा बलेफी कोरिडोर १३२ के. भि. प्रशारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको ९८ हजार ७ सय ५७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । बैठकले विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेण्ट (ओफिड) बाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता गुरुङले बताए ।

यस्ता छन् बुधवारको मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरु

१. २०८२ साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई स्वीकृति प्रदान गर्ने ।

२. जापानको टोकियोमा २०८२ भदौ ९ देखि १३ गतेसम्म आयोजना हुने एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङमा ७ सदस्यीय प्रतिनिधिमण्डल तथा चिनको मकाउमा २०८२ भदौ १८ देखि १९ गतेसम्म आयोजना हुने फ्याक्टफ्रिज एप ज्वाइन्ट ग्रुप फस टु फेस मिटिङमा ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुन सचिव श्री फणीन्द्र गौतमलाई स्वीकृति प्रदान गर्ने ।

३. २०८२ साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने केयर फर साउथ एशिया प्रोजेक्ट कम्प्लेसन एण्ड डिस्मिनेशन वर्कशप सम्बन्धी कार्यक्रममा सचिव श्री गोविन्दबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

४. सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट नेपाल सरकारलाई प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने ।

५. २०८२ साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति दिने ।

६. श्री लोकमान्य गोल्छा, काठमाडौं (हाल नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत) लाई पोल्याण्ड सरकारबाट प्रदान गरिने अफिसियर क्रस अफ द अर्डर अफ मेरिट पदक ग्रहण गर्न स्वीकृति दिने ।

७. रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने ।

८. नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

९. नेपाल सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक सिलौटिया गाउँ विकास समिति वडा नं. ६ को सरकारी प्रकृतिको ०–९–० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि मर्चवारी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने ।

१०. नेपाल सरकारको नाममा दर्ता रहेको महोत्तरी जिल्ला साविक औरही गाउँ विकास समिति वडा नं. ५ को ०–१५–१० बिघा जग्गा प्रशासकीय भवन निर्माणको लागि औरही नगरपालिका, महोत्तरीलाई उपयोग गर्न स्वीकृति दिने ।

११. नेपाल स्काउटसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

१२. नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र बाह्रविसे नगरपालिकामा बलेफी कोरिडोर १३२ के. भि. प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको ९,८७५७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१३. लालुपाते हाईड्रोपावर कम्पनी प्रा. लि. लाई मनाङ जिल्लाको नासो गाउँपालिकामा रहेको दाना खोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वनको ४.८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?