Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन


काठमाडौँ। जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गरेको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन शुरु भएको छ ।

जनकवि केशरी थापाको १०१ औं जन्मजयन्ती अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । विक्रम सम्वत २०१० सालमा ‘डाँफेचरी’ ऋतु पत्रिका प्रकाश शुरु भएको थियो । लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ सांगीतिक समारोहमा प्रा.डा चुडामणी वन्धु, प्रा.डा. दयाराम श्रेष्ठ सम्भव,संस्कृतीविद डा.जगमान गुरुङ प्रा.रमा शर्मा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनाली लगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरुले धर्मराज थापालाई गायक मात्र नभएर एक क्रान्तिकारी कवि तथा गीतकार रुपमा लिनुपर्ने बताए । जनकवि धर्मराज थापाको जन्म वि.सं. १९८१ साल, साउन १ गते काँस्की जिल्लाको बाटुलेचौरमा भएको थियो भने उनको निधन वि.सं. २०७१ साल असोज २९ गते काठमाडौंमा भएको थियो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?