Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन


काठमाडौँ। जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गरेको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन शुरु भएको छ ।

जनकवि केशरी थापाको १०१ औं जन्मजयन्ती अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । विक्रम सम्वत २०१० सालमा ‘डाँफेचरी’ ऋतु पत्रिका प्रकाश शुरु भएको थियो । लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ सांगीतिक समारोहमा प्रा.डा चुडामणी वन्धु, प्रा.डा. दयाराम श्रेष्ठ सम्भव,संस्कृतीविद डा.जगमान गुरुङ प्रा.रमा शर्मा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनाली लगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरुले धर्मराज थापालाई गायक मात्र नभएर एक क्रान्तिकारी कवि तथा गीतकार रुपमा लिनुपर्ने बताए । जनकवि धर्मराज थापाको जन्म वि.सं. १९८१ साल, साउन १ गते काँस्की जिल्लाको बाटुलेचौरमा भएको थियो भने उनको निधन वि.सं. २०७१ साल असोज २९ गते काठमाडौंमा भएको थियो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?