Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताएका छन् ।

नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । राजनीतिक दलहरु मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरुको एजेण्डा बन्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्नेकुरा प्राथमिकतामा राख्नुपर्ने बताए ।

अध्यक्ष ढकालले भने, ‘अहिले राजनीतिक दलहरुको एजेण्डा मिसन ०८४ भनिने गरेको छ । निजी क्षेत्रको तर्फबाट मैले भन्नुपर्दा हामी रोजगारी सिर्जना गर्नेकुरा, राजश्व बढाउने कुरा छ । व्यवसायिक एक्टिभिटी बढाउँ भन्ने त्यो किसिमको एजेण्डाहरु हामीले अघि सार्नुपर्छ । त्यो एजेण्डा नै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि खोजेको एजेण्डा हो । कुनै एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई एकले अर्कोलाई आक्षेप लगाउने र अर्कोलाई नराम्रो देखाएर आफू राम्रो हुने काम भन्दा पनि अहिले आम नेपालीको चाहना रोजगारी सिर्जना गर्नुपर्ने, पूर्वाधार निर्माण गर्ने, लगानी वृद्धि गर्नुपर्ने कुरा आवश्यक छ ।’

अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजिरहेको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?