Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो सहित )


काठमाडौँ । गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा तिजको गित “म यता मेलैमा तिजको बेलैमा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतमा बिमला ज्ञवाली र महेन्द्र भण्डारीको सुमधुर स्वर रहेको छ भने कोरसमा रुपी सिन्जाली र प्रतिमा विश्वकर्माले साथ दिएका छन्। गीतको ध्वनि सम्पादन (मिक्सिङ र मास्टरिङ) खड्क बजुरालीले गरेका हुन् भने रेकर्डिङ सागर बजुरालीले गरेका छन्। वाद्यवादनमा बाँसुरी गोपाल देव,सारंगी धर्मराज गन्धर्व,मादल खड्का बुढा,ढोलक र तबलामाभूवन गन्धर्वको प्रस्तुति रहेको छ।

गीतको भिडियोमा निर्देशन र नृत्य प्रशिक्षण सुरेन्द्र बसेलले गरेका हुन् भने भिडियोमा सरोज प्रजा,बिना राउत,बिमला ग्यावली र न्युसागर लामाको अभिनय रहेको छ। क्यामेरामा देव दोर्जे लामा,सम्पादन र रङ संयोजनमा राकेश दाहाल,मेकअपमा कविता तोलाङी र प्रोडक्सन व्यवस्थापनमा हरि अधिकारी रहेका छन्।

गीत “Bishnu Bhandari Official” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?