Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो सहित )


काठमाडौँ । गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा तिजको गित “म यता मेलैमा तिजको बेलैमा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतमा बिमला ज्ञवाली र महेन्द्र भण्डारीको सुमधुर स्वर रहेको छ भने कोरसमा रुपी सिन्जाली र प्रतिमा विश्वकर्माले साथ दिएका छन्। गीतको ध्वनि सम्पादन (मिक्सिङ र मास्टरिङ) खड्क बजुरालीले गरेका हुन् भने रेकर्डिङ सागर बजुरालीले गरेका छन्। वाद्यवादनमा बाँसुरी गोपाल देव,सारंगी धर्मराज गन्धर्व,मादल खड्का बुढा,ढोलक र तबलामाभूवन गन्धर्वको प्रस्तुति रहेको छ।

गीतको भिडियोमा निर्देशन र नृत्य प्रशिक्षण सुरेन्द्र बसेलले गरेका हुन् भने भिडियोमा सरोज प्रजा,बिना राउत,बिमला ग्यावली र न्युसागर लामाको अभिनय रहेको छ। क्यामेरामा देव दोर्जे लामा,सम्पादन र रङ संयोजनमा राकेश दाहाल,मेकअपमा कविता तोलाङी र प्रोडक्सन व्यवस्थापनमा हरि अधिकारी रहेका छन्।

गीत “Bishnu Bhandari Official” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?