Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कविता अर्यालको ‘श्रीमानज्यू’ सार्वजनिक


काठमाडौँ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् ।

यसै क्रममा सोमवार गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भव्य कार्यक्रमसहित उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द संगीत रहेको गीतमा स्वयं परियारले आवाज दिएका छन् । कार्यक्रममा उपस्थित कलाकारहरुले पछिल्लो समय तीज गीतको नाममा उश्रृृङ्खल गीत बढेको भन्दै कलाकारहरु अनुशासित हुन जरुरी रहेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै गायक पशुपति शर्माले नराम्रो गीत गाएर क्षणभरको लागि व्यक्तिगत लाभ भएपनि कला क्षेत्रमा लामो समयसम्म रहिरहन नसकिने बताए ।

गायक तथा मोडल शंकर बि.सी.ले समाजमा विकृति फैल्याउने खालका गीतहरुलाई अस्वीकार गर्न दर्शकहरुलाई आग्रह गरे । कला र संस्कृतिको संरक्षणमा गीतहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कला र संस्कृति बोकेका गीतहरुलाई सबैले माया गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित अन्य कलाकारहरुले समेत समाजमा जनचेतना जगाउने र नारी सशक्तिकरणमा सहयोग गर्ने खालका गीतहरु आउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?