Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कविता अर्यालको ‘श्रीमानज्यू’ सार्वजनिक


काठमाडौँ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् ।

यसै क्रममा सोमवार गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भव्य कार्यक्रमसहित उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द संगीत रहेको गीतमा स्वयं परियारले आवाज दिएका छन् । कार्यक्रममा उपस्थित कलाकारहरुले पछिल्लो समय तीज गीतको नाममा उश्रृृङ्खल गीत बढेको भन्दै कलाकारहरु अनुशासित हुन जरुरी रहेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै गायक पशुपति शर्माले नराम्रो गीत गाएर क्षणभरको लागि व्यक्तिगत लाभ भएपनि कला क्षेत्रमा लामो समयसम्म रहिरहन नसकिने बताए ।

गायक तथा मोडल शंकर बि.सी.ले समाजमा विकृति फैल्याउने खालका गीतहरुलाई अस्वीकार गर्न दर्शकहरुलाई आग्रह गरे । कला र संस्कृतिको संरक्षणमा गीतहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कला र संस्कृति बोकेका गीतहरुलाई सबैले माया गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित अन्य कलाकारहरुले समेत समाजमा जनचेतना जगाउने र नारी सशक्तिकरणमा सहयोग गर्ने खालका गीतहरु आउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?