Trending
>>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको बताएका छन् ।

सचिवालय बैठकका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेतृ भण्डारीले सार्वजनिक रुपमै एमालेको सदस्यता नविकरण गरेको र पार्टीमा सक्रिय रुपमा राजनीति गर्ने घोषणा गरिसक्नुभएको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरेका छन्। पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने बताए ।

उनले भने, ‘उहाँले सार्वजनिक ढंगले नै घोषणा गरिसकेपछि अब यो उहाँको व्यक्तिगत विषय मात्रै भएन । यो पार्टीको सार्वजनिक विषय भयो । नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा फर्किने घोषणा गरेर आफ्ना सेवा, सुविधा सबै त्यागेर आइसकेपछि पार्टीको मामिला मात्रै भएन । हामी छलफल गर्छौं । उहाँ सक्रिय रुपमा आउनुहुन्छ पार्टीमा उहाँलाई उचित स्थान दिनुपर्छ । उहाँको सम्मानजनक ठाउँ खोज्नुपर्ला । पार्टीको हाइलेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ । अध्यक्षले कुरा के हो, कसो हो भन्ने स्पष्ट होस् भन्ने चाहना छ । पार्टीमा छलफल गर्छौं । सार्वजनिक विषयलाई लुकाएर, कार्पेट मुनि राखेर हल हुँदैन, त्यो हल गर्नैपर्छ । उहाँको उद्देश्य, गन्तव्य, के चाहनुभएको छ, के का लागि आउन चाहनुभएको छ त्यो भन्नुभएको छैन, पार्टीमा भन्नुहोला । उहाँ जत्तिको मान्छे पार्टीको प्रणालीबाटै जानुहुन्छ । हामी सम्मानजनक ढंगले सेटल गर्छौं । नेकपा एमालेसँग त्यो क्षमता छ । अध्यक्षले पार्टीमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ ।’

सचिव भट्टराईले पूर्वराष्ट्रपति भइसकेको र यसअघि पनि पार्टीको उपाध्यक्षसमेत रही सक्नुभएको अवस्थामा पार्टीको प्रणालीबाटै नेतृ भण्डारी अघि बढ्ने कुरामा कुनै शंका नरहेको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?