Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको बताएका छन् ।

सचिवालय बैठकका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेतृ भण्डारीले सार्वजनिक रुपमै एमालेको सदस्यता नविकरण गरेको र पार्टीमा सक्रिय रुपमा राजनीति गर्ने घोषणा गरिसक्नुभएको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरेका छन्। पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने बताए ।

उनले भने, ‘उहाँले सार्वजनिक ढंगले नै घोषणा गरिसकेपछि अब यो उहाँको व्यक्तिगत विषय मात्रै भएन । यो पार्टीको सार्वजनिक विषय भयो । नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा फर्किने घोषणा गरेर आफ्ना सेवा, सुविधा सबै त्यागेर आइसकेपछि पार्टीको मामिला मात्रै भएन । हामी छलफल गर्छौं । उहाँ सक्रिय रुपमा आउनुहुन्छ पार्टीमा उहाँलाई उचित स्थान दिनुपर्छ । उहाँको सम्मानजनक ठाउँ खोज्नुपर्ला । पार्टीको हाइलेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ । अध्यक्षले कुरा के हो, कसो हो भन्ने स्पष्ट होस् भन्ने चाहना छ । पार्टीमा छलफल गर्छौं । सार्वजनिक विषयलाई लुकाएर, कार्पेट मुनि राखेर हल हुँदैन, त्यो हल गर्नैपर्छ । उहाँको उद्देश्य, गन्तव्य, के चाहनुभएको छ, के का लागि आउन चाहनुभएको छ त्यो भन्नुभएको छैन, पार्टीमा भन्नुहोला । उहाँ जत्तिको मान्छे पार्टीको प्रणालीबाटै जानुहुन्छ । हामी सम्मानजनक ढंगले सेटल गर्छौं । नेकपा एमालेसँग त्यो क्षमता छ । अध्यक्षले पार्टीमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ ।’

सचिव भट्टराईले पूर्वराष्ट्रपति भइसकेको र यसअघि पनि पार्टीको उपाध्यक्षसमेत रही सक्नुभएको अवस्थामा पार्टीको प्रणालीबाटै नेतृ भण्डारी अघि बढ्ने कुरामा कुनै शंका नरहेको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?