Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले प्रविधिको दुरुपयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने प्रवृत्ति बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी नयाँ रूप र प्रविधिबाट सञ्चालित हुने गरेको उल्लेख गर्दै सोही आधारमा विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताए । सीमापार तथा प्रलोभनका भरमा तथा अनावश्यक आशा देखाएर मानव बेचबिखन बढिरहेको उल्लेख गरे ।

उनले भने, ‘प्रविधिको दुरुपयोग गरेर आज मानव बेचबिखनलाई सहज बनाउने कुचेष्टा भइरहेको छ । यसलाई नियन्त्रण कसरी गर्ने मुख्य चुनौती हो । अहिले मुख्यतः दुई किसिमले मानव बेचबिखन भइरहेको छ । एउटा अवैध तरिकाले सीमापार तथा प्रलोभनमा पारेर तथा अनावश्यक आशाहरु देखाएर विदेशमा पठाउने गरिएको छ । भिजिट भिसा प्रकरण यसकै उदाहरण हो । अहिले रोजगारीको लागि खाडी मुलुकमा पुगेका महिलाहरु अहिले ठुलो प्रताडना खेपिरहनु भएको छ । यी सबै समस्याको निराकरण गर्ने गरी यो विधेयक ल्याउनुपर्छ । अहिले नेपाली नागरिकहरु पाइला पाइलामा बेचिएका छन् । यस्तो अवस्थालाई सुधार गर्नको लागि हाम्रो कानूनलाई बलियो बनाउन जरुरी छ ।’

उनले सरकारले मानवीय सुरक्षा र गरिमाका लागि प्रभावकारी कानून निर्माण गरेर प्रविधियुक्त मानव तस्करी नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?