Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तिमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्मविपरीत चलेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घर्तिमगरले यस्तो आरापे लगाएका हुन् । उनले सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तिव्र आलोचना गरे । उनले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको भन्दै गम्भीर चिन्ता गरे ।

उनले भने , ‘सरकार न त नैतिक जगमा अडिएको छ नत संवैधानिक प्रक्रियामै । बरु यो सरकार सवैधानिक प्रक्रियाको योजनावद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमूना हो । संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेड र संविधानको आत्मा यी सबै आज उपहेलित, उपेक्षित र पदीय दुर्गन्धले ढाँकिएको अवस्था देखिँदैछ ।’

सरकारमा सहभागि दलहरुले सर्मथन फिर्ता लिदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिराखेको उनको टिप्पणी छ । प्रधानमन्त्रीले संसदलाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उनको आरोप छ । उनले संसद जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको टिप्पणी गरे ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?