Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे


काठमाडौँ। नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मानव बेचबिखन नियन्त्रणका लागि कानून निर्माण मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद गैरेले समस्या समाधानको लागि गहिरो बहस र संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राखेका हुन् । उनले नागरिकहरु मानव बेचबिखनमा पर्नुको कारणहरु बेरोजगारी, अशिक्षा र गरिबी रहेको उल्लेख गर्दै यी समस्याहरुको सम्बोधन नगरिकन समस्या समाधान नहुने बताए । सांसद गैरेले शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासका क्षेत्रमा विजय हासिल गर्न सामूहि प्रतिवद्धता आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘हामीले यो विधेयक पास गरेर कानूनको रुपमा लागु गरेपछि मानव बेचबिखन स्वतः नियन्त्रण हुने कुरा होइन । यसको कार्यान्वयनमा सरकार र सरकारी संयन्त्रणले गम्भीर हुनुपर्ने हुन्छ । दोस्रो, मानव बेचबिखनकिन भइरहेका छन् ? भन्ने कुरामा बहस नगरिकन त्यसको समाधान गर्न सकिदैन । बेरोजगारी, अशिक्षा, गरिबीले मानिसलाई यस्ता कुरामा सहभागि हुन बाध्य पारिरहेको कुराहरुलाई नजरअन्दाज गर्न मिल्दैन । यसको लागि विकास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरुमा हामीले विजय हासिल गर्नुपर्दछ । यसप्रति हामीले सामूहिक प्रतिवद्धता नगरिकन केवल कानून बनाएर मात्र हामी सही ठाउँमा पुग्दैनौंतर्फ हामी सचेत हुनुपर्छ ।’

उनले मानव बेचबिखनमा परेका नागरिकहरुको सामजमा पुनःस्थापना, राहत र उद्धार लगायतका व्यवस्था समावेश गरेर विधेयकलाई समृद्ध बनाउन जरुरी रहेको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?