Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लोपोन्मुख ‘जिउमामा’ संस्कृतिको संरक्षणमा चासो


५ चैत्र ,वालिङ । मगर समुदायको लोपोन्मुख संस्कृति ‘जिउमामा’ को संरक्षणका लागि यहाँको कालीगण्डकी गाउँपालिकाले चासो दिएको छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीमा मात्रै जीवित रहेको मगर समुदायको संस्कृति ‘जिउमामा’ पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेसँगै गाउँपालिकाले संरक्षणका लागि पहल थालेको हो ।

स्याङ्जाको कालीगण्डकी–२ को लसर्घाबेँसीमा मात्रै जीवित रहेको ‘जिउमामा’ संस्कृतिको संरक्षणका लागि प्रक्रिया थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । “पछिल्लो समय लोप हुँदै गएको ‘जिउमामा’ संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्दै जानुपर्छ भन्नेमा हामी छौँ”, अध्यक्ष थापाले भने, “यसको संरक्षणका लागि राष्ट्रिय आदिवासी जनजाति आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विज्ञहरूको उपस्थितिमा सूचीकृत गर्ने प्रक्रिया थालेका हौँ ।”

सूचीकरण गर्नका लागि अपनाउनुपर्ने विधि र प्रक्रियाबारे विज्ञहरूसहितको छलफल तथा परामर्शबाट प्राप्त रायसुझावअनुसार प्रक्रिया थालिएको अध्यक्ष थापाले बताएका छन्‌। ‘जिउमामा’ संस्कृतिलाई पहिला राष्ट्रिय सांस्कृतिक सम्पदामा सूचीकरण गर्ने र क्रमशः विश्व सम्पदा सूचीमा सूचीकरणका लागि पहल गर्न सुझाव दिइएको राष्ट्रिय आदिवासी जनजाति आयोगका सदस्य रीना रानाले बताए। “लोपान्मुख अवस्थामा पुगेको मगर समुदायको ‘जिउमामा’ संस्कृतिलाई सुरुमा राष्ट्रिय सांस्कृतिक सम्पदामा सूचीकृत गर्नुपर्छ”, सदस्य रानाले भने।

“दोस्रो चरणमा विश्व सम्पदा (युनेस्को) मा सूचीकरण गर्नका लागि पहल गर्नुपर्ने सुझाव दिएका छौँ । वडा कार्यालय तथा गाउँपालिकाले बर्सेनि यसको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको वडा नं २ की अध्यक्ष खगिसरा आलेले बताए ।

मगर समुदायको संस्कृति ‘जिउमामा’ विशेषगरी होलीको अघिल्लो दिन सुरु भई पर्सिपल्ट अर्थात् चार दिनमा सकिने गरेको अध्यक्ष आलेले बताए। “लसर्घाबेँसीमा मात्रै जीवित रहेको ‘जिउमामा’ संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने ध्येयले प्रत्येक वर्ष होली पर्वको समयमा ‘जिउमामा महोत्सव’ गरिँदै आएको छ”, वडाध्यक्ष आलेले भने, “लोप हुँदै गएको यो संस्कृतिको संरक्षणका लागि सम्बन्धित निकायहरूमा पहल गर्नका लागि प्रक्रिया पनि थालिएको छ ।”

मगर समुदायमा मामाको छोरी भाञ्जाले बिहे गर्ने चलन रहेको छ । यसमा मामाको छोरी माग्न गएदेखि बिहेसम्मका विधिहरूलाई नाचमार्फत देखाउने गरिन्छ । कालीगण्डकी गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो रहेको छ ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?