Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । मुहानको प्रयोग जग्गाधनीले मात्रै गर्दा अहिले पनि दलित समुदायले विभिन्न खाले समस्या भोगिरहेको उल्लेख गरे । उनले निजी जग्गा भित्रको जलश्रोतको मुहान प्रयोग गर्नेकुरा सम्बन्धित जग्गाधनीको अधिकारको कुरा भएको भन्दै यसले दलित समुदायमा पीडावोध गराएको बताए । दलित समुदायसँग जग्गा नहुने र जग्गा नहुने दलित समुदायले मुहानको प्रयोग गर्न नसक्ने स्थितिको अन्त्य जरुरी रहेको बताए ।

उनले भने, ‘अर्कोतिर यो जलश्रोतको मुहानको विषयमा कुरा छ । निजी आफ्नो जग्गा भित्रको जलश्रोतको मुहान प्रयोग गर्ने व्यक्तिहरुमा भन्ने छ । यसले दलित समुदायमा ठूलो पीडाको अनुभुति गराएको छ । किनभने दलित समुदाय जग्गा पीडित छ । उसँग जग्गा पनि छैन । जग्गा नभएपछि उसको पानीको श्रोत हुनेकुरा पनि भएन । अरुले श्रोत प्रयोग गर्न नदिँदा अहिले पनि भोगिरहेका छन् ।’

सांसद विश्वकर्माले नदी सम्झौता गर्दाका धेरै पीडाहरु नेपालले भोगिरहेको बताए । गण्डकको पानी उपभोग गर्न नपाउँदै धेरै पीडा नेपालीहरुले भोगिरहेको उल्लेख गरे ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?