Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । मुहानको प्रयोग जग्गाधनीले मात्रै गर्दा अहिले पनि दलित समुदायले विभिन्न खाले समस्या भोगिरहेको उल्लेख गरे । उनले निजी जग्गा भित्रको जलश्रोतको मुहान प्रयोग गर्नेकुरा सम्बन्धित जग्गाधनीको अधिकारको कुरा भएको भन्दै यसले दलित समुदायमा पीडावोध गराएको बताए । दलित समुदायसँग जग्गा नहुने र जग्गा नहुने दलित समुदायले मुहानको प्रयोग गर्न नसक्ने स्थितिको अन्त्य जरुरी रहेको बताए ।

उनले भने, ‘अर्कोतिर यो जलश्रोतको मुहानको विषयमा कुरा छ । निजी आफ्नो जग्गा भित्रको जलश्रोतको मुहान प्रयोग गर्ने व्यक्तिहरुमा भन्ने छ । यसले दलित समुदायमा ठूलो पीडाको अनुभुति गराएको छ । किनभने दलित समुदाय जग्गा पीडित छ । उसँग जग्गा पनि छैन । जग्गा नभएपछि उसको पानीको श्रोत हुनेकुरा पनि भएन । अरुले श्रोत प्रयोग गर्न नदिँदा अहिले पनि भोगिरहेका छन् ।’

सांसद विश्वकर्माले नदी सम्झौता गर्दाका धेरै पीडाहरु नेपालले भोगिरहेको बताए । गण्डकको पानी उपभोग गर्न नपाउँदै धेरै पीडा नेपालीहरुले भोगिरहेको उल्लेख गरे ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?