Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

उर्जा मन्त्रालयमा दीपक खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि


काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खड्काले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेका हुन् । आफ्नो एक वर्षे कार्यकालमा उर्जा, प्रशारण लाइनको र सिंचाईको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । उनले सिँचाईतर्फ ८५ प्रतिशत भन्दा बढी कार्यसम्पादन गरेको उल्लेख गर्दै समग्र मन्त्रालयको प्रगति ७८.१७ प्रतिशत प्रगति हासिल जिकिर गरे । मन्त्री खड्काकाअनुसार १ बर्षको अवधीमा ६३१ मेगावाट विद्युत उत्पादन बढाएर विद्युत जडित क्षमता ३८ सय ७८ मेगावाट पुगेको छ । उनले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी उर्जा विकास र विस्तार तथा समृद्धिको सपना पुरा गर्न कार्ययोजना समेत सार्वजनिक गरिएको बताए ।

मन्त्री खड्काले १५ हजार मेगावाट विजुली भारत र वंगलादेशलाई नियार्त गर्ने सम्झौता भइसकेको उल्लेख गर्दै १३ हजार ५ सय मेगावाट विद्यत स्वदेशमै खपत गरिने लक्ष्य लिइएको उल्लेख गर्दै बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौता गरी ५ महिनामा १ अर्ब २५ करोड भन्दा बढी आम्दानीको सुनिश्चितता भएको बताएका छन् । उनले हाल ८५० मेगावाट विद्युत निर्यात भइरहेको दाबी गर्दै नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत विधेयक संसदमा विचारिधन रहेको उल्लेख गर्दै सिंचाई र नदी व्यवस्थापन विधेयकको मस्यौदा समेत तयार भएको बताए ।

उनले निजी क्षेत्रको समेत सहभागितामा आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार सम्बन्धी कार्य गराउन आवश्यक नीतिगत तथा नियमनकारी व्यवस्था सम्बन्धमा विस्तृत अध्ययन गर्न समिति गठन गरी कार्य अगाडि बढाइएको पनि बताएका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?