Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम


काठमाडौँ। नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले कानून बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएकी छिन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले व्यवस्था परिर्वतनसँगै आवश्यक कानूनहरु परिवर्तन हुन नसक्दा अहिले समस्याहरु देखिरहेको बताइन । उनले कानून निर्माणमा हुने ढिलाइले प्रभावकारी रुपमा राज्य सञ्चालन गर्न समस्या आइरहेको बताइन । कानून नबन्दा तीन तहबीचमा अधिकार बाँडफाँडका सवालमा अन्योलता सिर्जना भएको उनको भनाइ छ । कानूनबाट नै कुन तहको काम के हो भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताइन । उनले नेपालसँग भएका साधन, श्रोतको उचित उपयोग गर्न पनि आग्रह गरिन ।

उनले भनिन  ‘हामी ऐन, कानून बनाउनलाई ढिलो गरिरहेका छौँ । हाम्रो व्यवस्था जब परिवर्तन हुन्छ, हामी अहिले जुन व्यवस्थाअनुसार चलिरहेका छौँ । हामी संघीय शासन प्रणालीमा गइरहेका छौँ भने योसँग मिल्दोजुल्दो कानून नबन्दा तीन तहबीचमा अधिकार बाँडफाँडका सवालमा अन्योलता सिर्जना भएका कुराहरु बारम्बार उठिरहेको छ । कानूनबाटै हामीले कुन तहले कस्तो अधिकार प्रयोग गर्ने भन्नेकुरा स्पष्ट पार्दै जानुपर्छ । नेपालसँग भएको साधन,श्रोत खेर गइरहेको छ । त्यसको सही उपयोग गर्न सक्नुपर्छ ।’

उनले पर्यावरणको क्षेत्रमा संवेदनशील बन्न आग्रह गरिन ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?