Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम


काठमाडौँ। नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले कानून बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएकी छिन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले व्यवस्था परिर्वतनसँगै आवश्यक कानूनहरु परिवर्तन हुन नसक्दा अहिले समस्याहरु देखिरहेको बताइन । उनले कानून निर्माणमा हुने ढिलाइले प्रभावकारी रुपमा राज्य सञ्चालन गर्न समस्या आइरहेको बताइन । कानून नबन्दा तीन तहबीचमा अधिकार बाँडफाँडका सवालमा अन्योलता सिर्जना भएको उनको भनाइ छ । कानूनबाट नै कुन तहको काम के हो भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताइन । उनले नेपालसँग भएका साधन, श्रोतको उचित उपयोग गर्न पनि आग्रह गरिन ।

उनले भनिन  ‘हामी ऐन, कानून बनाउनलाई ढिलो गरिरहेका छौँ । हाम्रो व्यवस्था जब परिवर्तन हुन्छ, हामी अहिले जुन व्यवस्थाअनुसार चलिरहेका छौँ । हामी संघीय शासन प्रणालीमा गइरहेका छौँ भने योसँग मिल्दोजुल्दो कानून नबन्दा तीन तहबीचमा अधिकार बाँडफाँडका सवालमा अन्योलता सिर्जना भएका कुराहरु बारम्बार उठिरहेको छ । कानूनबाटै हामीले कुन तहले कस्तो अधिकार प्रयोग गर्ने भन्नेकुरा स्पष्ट पार्दै जानुपर्छ । नेपालसँग भएको साधन,श्रोत खेर गइरहेको छ । त्यसको सही उपयोग गर्न सक्नुपर्छ ।’

उनले पर्यावरणको क्षेत्रमा संवेदनशील बन्न आग्रह गरिन ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?