Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण


काठमाडौँ। पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा चन्द्रागिरी नगरपालिका वडा नं ९ स्थीत चुनदेवि आधारभूत विद्यालयका विपन्न बिद्यार्थीहरूलाइ ट्रयाक सुट वितरण गरिएको छ ।

जागरण महिला विकाश समाज नेपालकी अध्यक्ष श्रीमती सुगन्धा सुवेदी सिग्देलको संयोजनमा सन्चालित पूर्व प्रशासक तथा प्रशासन विज्ञ श्रेष्ठ प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा विद्यालयका अति बिपन्न १६७ जना छात्र-छात्रालाई ट्रयाक सुट वितरण गरिएको हो । कार्यक्रममा विद्यालय संचालक समितीका अध्यक्ष, शिक्षक, अभिभावक विध्यार्थी तथा सहयोगी महानुभावहरु समेतको उपस्थित कार्यक्रममा सहयोगीहरुलाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।

यसअघि अघिल्लो वर्ष पनि जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सिग्देलको पहलमा मच्छेगाउका नारायण जन मा. वि. ,भैरव नाथ मा. वि.  च. न. पा.-१० र महालक्ष्मी आधारभूत विद्यालय च. न. पा. -६ मा पनि स्टेशनरी तथा जुत्ता वितरण गर्नुका साथै स्कूल ड्रेस जुत्ता टाइ वेल्ट जस्ता सामाग्री वितरण गर्दै आइरहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी श्री खड्ग वहादुर श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा काठमाडौको नजिक दक्षिणी भेगमा रहेको अधिकांस सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुलाई राज्यले उपेक्ष्या गरेको बताउदै उनले पिछडीएका जिल्लाका मजदुरको छोरा छोरीहरु अध्ययनरत रहेका र दयनिय आर्थिक अवस्था भएको विद्यार्थीहरुलाई सहयोगको लागी आफ्नै परिवार,साथीहरु तथा समाजसेविहरुको सानो–सानो सहयोग संकलन गर्दै निरन्तर रुपमा आवश्यकता अनुसार सहयोग गर्दै जाने कुरा बताएका छन् ।

कार्यक्रममा उपस्थीत अतिथीहरुमा खेलकुद महासंघका केन्द्रिय सदस्य तथा वादोरियो कराते रेनमेइका महासचिव हिमालसिंह, शिक्षा बिज्ञ बमं बहादुर मोक्तान लगायतले कार्यक्रममा आफ्नो सहभागिताको बारेमा प्रस्ट पारेका छन् ।

कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक हरिशरण खनालले कार्यक्रममा सहयोग गर्ने सवैलाइ धन्यबाद दिएका छन्।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?