Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्  ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष मेरो त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गर्नुभएको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताए । उनले शुरुमा दुई वटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरेपनि अहिले बरालिएको बताए। अहिले सरकार खालि दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताउदै ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताए  । उनले काँग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने बताएका छन्  ।

महामन्त्री थापाले भने, ‘अहिले हामी २०८२ सालमा छौँ । २०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । सरकारमा छौँ । यो दुई वर्षको समय खेर फाल्ने समय हामीसँग छैन । प्रधानमन्त्रीजीले बेला बेलामा के भनेको सुन्छु भनेः अब एक वर्ष म हुन्छु, एक वर्षपछि काँग्रेसलाई सरकारको नेतृत्व सुम्पिन्छु । त्यो हिसाव कितावको बारेमा अब कुरा नगरौँ । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि के हामी ३६५ दिन नै घट्यो, ६४ भयो, ६३ भयो । हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको कुरा, यो तीन वर्ष हामी के गर्छौं भन्ने हो । एक वर्ष के गर्ने, एक वर्ष नेपालले के पाउने ? अर्को इलेक्शनसम्मको एक एक दिनको प्रयोग हामीले गर्नुपर्छ । शुरुमा हामीले मेहनत पनि ग¥यौँ, दुई वटा पार्टी मिलेर सरकार बन्दै गर्दा एउटा गति पनि समातेको थियो । बीचमा अहिले यो बरालिएको छ । अहिले खालि यो दिन गनेर बसेको जस्तो भएको छ । आज आईतवार, सोमवार आउँछ, त्यसपछि मंगलवार … । यसबाट बाहिर निकाल्नुपर्छ । यो दुई वर्ष स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार सबैले काम गर्नुपर्छ ।’

महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महशुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताएका छन्  ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?