Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताए । उनले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताए । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उल्लेख गरे । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उहाँले यस बीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताए । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल बनाउन आफू लागिपरेको पनि बताए ।

मन्त्री पाण्डेले भने, ‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसै भित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो । यदी संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ । नागरिक उड्डयन क्षेत्र छ । यो सरकारको एक वर्ष पुगेको छ । मैले यो बीचमा प्रकृति र संस्कृतिका विविधताको कुरा गरेको छु । संस्कृति र प्रकृतिलाई चलायमान बनाउने र यसको अधिकतम उपयोग गर्ने काममा लागेको छु । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल हुनुपर्छ भन्नेकुरा मैले स्पष्टताका साथ अघि बढाउनुपर्छ भन्नेगरी लागेको छु ।’

मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?